April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

पाँच प्रतिशत डिपोजिटमा घर किन्न सकिने नयाँ प्रावधान ग्राहकको दीर्घकालीन हितमा छैनः मिन दर्लामी

7.5K

लन्डन । ए स्टार फाइनान्सियल सोलुसन्स यूकेका म्यानेजिङ डाइरेक्टर मीन दर्लामीले बेलायत सरकारले हालै ल्याएको पाँच प्रतिशत डिपोजिट राखेर मोर्गेजमा घर खरिद गर्न सकिने प्रावधान तत्कालका लागि सुलभ देखिएपनि दीर्घकालमा प्रत्युत्पादक हुने प्रक्षेपण गरेका छन् ।

बेलायतमा कोरोना महामारीका कारण सुस्ताएको हाउजिंग बजार र अर्थव्यवस्था उकास्ने उद्धेश्यले सरकारले घोषणा गरेको न्यूनतम डिपोजिटमै घर किन्न सकिने स्किम शुरु भएको छ । जसअनुसार घर खरिदकर्ताले ५ प्रतिशत डिपोजिट रकम जुटाउनुपर्नेछ भने बाँकी ९५ प्रतिशतका लागि सरकार स्वयं ग्यारेन्टी बस्नेछ ।

कोरोना महामारीका कारण कयौंले घर खरिद गर्नका लागि जम्मा गर्नुपर्ने डिपोजिट जम्मा गर्न नसकेका कारण बैकले गतवर्ष आफूले स्वीकृत गरेको मोर्गेज समेत फिर्ता गरेको थियो । सोहि विषयलाई मध्यनजर गर्दै सरकारले बजेटमार्फत आफू ग्यारेन्टी बसेर न्यूनतम ५ प्रतिशत डिपोजिटमा घर खरिद गर्न पाउने गरि ग्यारेन्टी स्किम घोषणा गरेको थियो ।

Advertisement

सरकारको घोषणाअनुरुप केहि बैंकले ५ प्रतिशत डिपोजिटमा घर खरिदका लागि मोर्गेज बांड्न शुरु गरिसकेका छन् । लोएड्स, सानटान्डर, बार्क्लेज, एचएसबिसी र नाटवेष्ट बैंकहरुले यसै हप्ताबाट कारोबार शुरु गरेका छन् भने अरु केहीले अर्को महिनाबाट लागू गर्ने बताइएको छ ।

तर, हेलिफ्याक्स, बार्क्लेज लगायतका केहि बैंकले भने नयाँ बनेका घरका लागि उक्त सुविधा उपलब्ध नहुने बताएका छन् । सरकारको नयाँ स्किम बढीमा छ लाखसम्मको दोस्रो घर वा भाडामा दिनका लागि खरिद गर्न चाहने जो कोहिका लागि पनि उपलब्ध हुनेछ ।

यसैबीच, मार्च अन्त्यसम्मका लागि कायम स्टयाम्प ड्युटी छुट ३ महिना लम्ब्याएर जुन अन्त्यसम्म पुरयाइएको छ ।

प्रधानमन्त्री बोरिस जोन्सनले भनेअनुसार ‘जेनेरेसन टु रेन्ट’ लाई ‘जेनेरेसन टु बाइ’ मा रुपान्तरण गर्ने बेलायत सरकारको योजनाअनुसार नै नयाँ स्किम ल्याइएको छ ।

तर, हेलिफ्याक्स, बार्क्लेज लगायतका केहि बैंकले भने नयाँ बनेका घरका लागि उक्त सुविधा उपलब्ध नहुने बताएका छन् । सरकारको नयाँ स्किम बढीमा छ लाखसम्मको दोस्रो घर वा भाडामा दिनका लागि खरिद गर्न चाहने जो कोहिका लागि पनि उपलब्ध हुनेछ ।

यसैबीच, मार्च अन्त्यसम्मका लागि कायम स्टयाम्प ड्युटी छुट ३ महिना लम्ब्याएर जुन अन्त्यसम्म पुरयाइएको छ । प्रधानमन्त्री बोरिस जोन्सनले भनेअनुसार ‘जेनेरेसन टु रेन्ट’ लाई ‘जेनेरेसन टु बाइ’ मा रुपान्तरण गर्ने बेलायत सरकारको योजनाअनुसार नै नयाँ स्किम ल्याइएको छ ।

‘ग्राहक भन्दा बैंकलाई सपोर्ट गर्ने स्किम’

ए स्टार फाइनान्सियल सोलुसन्स यूकेका प्रवन्ध निर्देशक एवं इन्डिपेन्डेन्ट फाइनान्सियल एडभाइजर मीन दर्लामी यो ग्राहक भन्दा बैंकलाई सपोर्ट गर्ने स्किम भएको बताउंछन् ।

दर्लामीका अनुसार, बैंकहरुले बजार अस्थिर हुने भएपछि कोभिड महामारीलगत्तै ५ प्रतिशत डिपोजिट गरेर घर किन्न पाइने नियम हटाएका थिए । तर, सरकारले मोर्गेज ‘डिफल्ट’ भएपनि बैंकलाई ग्यारेन्टी गरिदिने भएपछि यो स्किम आएको हो ।

‘शुरुमा धेरै डिपोजिट गर्न नसक्ने ग्राहकलाई यो विकल्प केही सहज देखिन्छ तर दीर्घकालिन रुपमा यो त्यति फाइदा छैन्’, दर्लामीले नेपाल मामिलालाई भने, ‘किनभने ५ प्रतिशत राखेर घर किन्दा सरदर ४ प्रतिशत ब्याज पर्ने र मासिक पेमेन्ट पनि बढी हुने भएकाले बरु १० प्रतिशत डिपोजिट राखेर किन्दा स्ट्याण्डर्ड रेट, ब्याजमा घर खरिद हुन्छ ।’

नेपालीले ऋण, सरसापट गरेर प्राय १० प्रतिशतसम्म नै डिपोजिट गर्ने गरेको दर्लामीको बुझाइ छ । कोभिड महामारी पनि मोर्गेज मार्केट व्यस्त रहेको उनी बताउंछन् । ‘स्टयाम्प ड्युटी होलिडे जुन अन्तिमसम्म भएकाले कारोबार निरन्तर छ तर स्टयाम्प ड्युटी होलिडे सकिएपछि भने कम हुने सम्भावना देखिन्छ’, उनले भने ।