एमसीसीमा व्याख्यात्मक टिप्पणी ल्याएर देशको स्वाभिमानको रक्षा गरेका छौं: माधव नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा आफ्नो पार्टीलाई उभ्याएर सरकारबाट फाल्ने षड्यन्त्र १२ बुँदे व्याख्यात्मक घोषणामार्फत असफल पारेको बताएका छन् । पार्टी निकट नेपाल नेवाः राष्ट्रिय संघ (समाजवादी) को १७ औ स्थापना दिवसमा सम्बोधन गर्दै उनले आफ्नो पार्टीको पहलकदमीमा एमसीसीमा व्याख्यात्मक टिप्पणी ल्याएर हाम्रो देशको स्वाभिमानको रक्षा गरेको...