March 13, 2025, Thursday
२०८१ फाल्गुन २९
1:37:26 pm

प्रधानमन्त्री कपमा आज तीन खेल हुँदै

1.3K

काठमाडौं। प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीन खेल हुँदैछन् ।

भैरहवा क्रिकेट मैदानमा एपीएफ क्लब र त्रिभुवन आर्मीबीच खेल हुँदै भने त्रिवि मैदानमा बागमती प्रदेश र गण्डकी प्रदेशबीच हुँदै छ । यस्तै, मुलपानी क्रिकेट मैदानमा कर्णाली प्रदेश र कोशी प्रदेशबीच हुँदैछ ।

अहिलेसम्म पीएम कपमा नेपाल पुलिस क्लब मात्र अपराजित रहेको छ । नेपाल पुलिस क्लबले आफ्नो ४ खेलमा सबै खेल जितेर ८ अंकसहित शीर्ष स्थानमा रहेको छ ।

Advertisement

त्यस्तै बागमती प्रदेश र मधेश प्रदेशले आफ्ना ६–६ खेलमा ८–८ अंकसहित दोस्रो र तेस्रो स्थानमा रहेका छन् । त्यसैगरी सुदूरपश्चिम प्रदेशको ४ खेलमा ६ अंकसहित चौथो स्थानमा रहेको छ ।