काठमाडौं । नेपालले मुम्बई एमसीए प्रेसिडेन्ट–११ विरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ । यी दुईले आज मुम्बईको ब्रेबोर्न क्रिकेट स्टेडियमा दोश्रो अभ्यास खेल खेल्दै छन् ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीले यस अघि मुम्बई एमसीए प्रेसिडेन्ट– ११ लाई पहिलो अभ्यास खेलमा ७ विकेटले पराजित गरेको थियो ।
नेपाल र एमसीए प्रेसिडेन्ट–११ ले पनि तीन वटा अभ्यास खेल खेल्ने तालिका छ । यो अभ्यासपछि नेपालले क्यानडा र यूएईसँग पनि समान एक–एक अभ्यास खेल खेल्नेछ । नेपालले विश्वकपको तयारी स्वरुप यो अभ्यास खेलेको हो ।
फ्रेबअरी ८ मा इंग्ल्यान्डसँग खेल्दै नेपालले विश्वकपको सुरुआत गर्नेछ ।




