April 23, 2025, Wednesday
२०८२ बैशाख १०
1:37:26 pm

डिफेन्डर हाकिमीमाथि बलात्कारको आरोप

२०७९ फाल्गुन १७

1.3K

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का डिफेन्डर अच्राफ हाकिमीलाई बलात्कारको आरोप लागेको छ ।

मोरक्कोका डिफेन्डरमाथि २४ वर्षीया महिलालाई बलात्कार गरेको आरोप लागेको छ । ती महिलाले फेब्रुअरी २५ मा हाकिमीले घरमै आफुलाई बलात्कार गरेको आरोप लगाएकी छन् ।

ती महिलाले आइतबार प्रहरी चौकीमा घटनाबारे जानकारी गराएपनि आरोप दर्ता नगरेको प्रहरी स्रोतले बताएको बीबीसीले जनाएको छ ।  

Advertisement

यद्दपी प्रहरीले हाकिमीलाई लागेको आरोपमाथि प्रारम्भिक अनुसन्धान थालेको छ । 

पीएसजी र हाकिमीले भने आरोपबारे केहि प्रतिक्रिया जनाएको छैन ।