April 23, 2025, Wednesday
२०८२ बैशाख १०
1:37:26 pm

यू-१९ एसिया छनोट : नेपाल र हङकङ खेल्दै

२०७९ फाल्गुन १५

1.3K

काठमाडौं ।  यूएईमा जारी रहेको आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले आज सोमबार हङकङसँग खेल्दै छ । 

नेपालले आफ्नो तेस्रो खेलमा हङकङको सामना गर्दैछ । खेल नेपाली समयअनुसार बिहान १०ः४५ बाट सुरु हुनेछ । नेपाल लगातार तेस्रो जित निकाल्न चाहन्छ । पहिलो खेलमा शुक्रबार सिंगापुरलाई र दोस्रो खेलमा शनिबार कुवेतलाई पराजित गरेको थियो ।

हङकङ भने दोस्रो जितको खोजीमा रहेको छ । पहिलो खेलमा कुवेतलाई पराजित गरेको हङकङ दोस्रो खेलमा यूएईसँग पराजित भएको थियो । २०१६ पछि पहिलो पटक विश्वकपमा छनोट हुने लक्ष्यका साथ यूएर्इ पुगेको नेपाली टोली जित निरन्तरता  गर्न चाहन्छ।

Advertisement

प्रतियोगितामा नेपालले देव खनालको कप्तानीमा खेलिरहेको छ । टोलीको मुख्य प्रशिक्षकमा जगत टमटा रहेका छन् । प्रतियोगितामा नेपालसहित सिंगापुर,कुबेत,हङकङ,मलेसिया र आयोजक यूएईको सहभागीता रहेको छ ।

तेस्रो खेलमा २८ तारिख मंगलबार मलेसियाको सामना गर्ने नेपालले २ मार्च बुधबार घरेलु टोलीसॅंग खेल्नेछ। राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकपका लागि छनोट हुनेछ।