April 23, 2025, Wednesday
२०८२ बैशाख १०
1:37:26 pm

नेपाल र कुबेत खेल्दै

२०७९ फाल्गुन १३

1.1K

काठमाडौं ।  यूएईमा जारी रहेको आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले आज शनिबार कुबेतसँग खेल्दै छ ।

नेपालले आफ्नो दोस्रो खेलमा कुबेतको सामना गर्दैछ । खेल नेपाली समयअनुसार बिहान १०ः४५ बाट सुरु हुनेछ । नेपाल लगातार दोस्रो जित निकाल्न चाहन्छ । पहिलो खेलमा शुक्रबार सिंगापुरलाई पराजित गरेको थियो ।

कुबेत भने पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा हङकङसँग पराजित कुबेत नेपाल माथी जित निकाल्न चाहन्छ ।

Advertisement

लामो समयको अन्तरालमा विश्वकपमा छनोट हुने लक्ष्यका साथ युएइ पुगेको नेपाली टोली जित निरन्तरता  गर्न चाहन्छ। नेपाली टोली बुधबार त्यसतर्फ गएको थियो ।

प्रतियोगितामा नेपालले देव खनालको कप्तानीमा खेल्नेछ । टोलीको मुख्य प्रशिक्षकमा जगत टमटा रहेका छन् । प्रतियोगितामा नेपालसहित सिंगापुर,कुबेत,हङकङ,मलेसिया र आयोजक यूएईको सहभागीता रहेको छ ।

नेपालले हङकङ विरुद्ध २७ तारिखमा तेस्रो खेल खेल्नेछ। तेस्रो खेलमा २८ तारिखमा मलेसियाको सामना गर्ने नेपालले २ मार्च घरेलु टोलीसॅंग खेल्नेछ।

राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकपका लागि छनोट हुनेछ।