April 23, 2025, Wednesday
२०८२ बैशाख १०
1:37:26 pm

लिभरपुलमाथि रियलको उत्कृष्ट जित 

२०७९ फाल्गुन १०

1.3K

काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलको राउण्ड अफ १६ अन्तर्गत पहिलो लेगमा स्पेनिस क्लब रियल मड्रिडले सानदार जित निकालेको छ ।

एनफिल्डमा मंगलबार राति भएको खेलमा रियलले प्रिमियर लिग क्लब लिभरपुललाई ५-३ गोल अन्तरले हराएको हो । खेलमा सुरुआती अग्रता भने लिभरपुलले बनाएको थियो ।

चौंथो मिनेटमा डार्विन नुनेजले गोल गर्दै घरेलु टोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।

Advertisement

खेलको १४ औं मिनेटमा मोहमद सलाहले गोल गर्दा लिभरपुल २-० ले अघि रह्यो । तर, दुई गोलले पछि परेको रियलले उत्कृष्ट पुनरागमन गर्दै जित निकाल्यो ।

खेलको २१ औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई २-१ को स्थितिमा ल्याए । जुनियरले ३१ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २-२ गोलको बराबरीमा ल्याए ।

खेलको ४७ औं मिनेटमा इडर मिलिटाओले गोल गरेपछि रियल ३-२ ले अघि रह्यो ।

खेलको ५५ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दा रियल ४-२ ले अघि रह्यो । त्यसपछि खेलको ६७ औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई ५-२ को जित दिलाए ।

Image

यस जितसँगै रियलको अन्तिम आठमा पुग्ने सम्भावना बलियो बनेको छ । लिभरपुललाई भने दोस्रो लेगमा फराकिलो जित आवश्यक भएको छ ।

दुई टोलीबीचको दोस्रो लेग मार्च १६ मा हुनेछ । जुन खेल रियलको मैदानमा हुनेछ ।