April 23, 2025, Wednesday
२०८२ बैशाख १०
1:37:26 pm

रियलले बार्सिलोनासँगको अंक दुरी घटायो

1K

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा रियलले ओसासुनालाई २-० गोल अन्तरले हराएको हो ।

रियलको जितमा फेडेरिको भाल्भर्डे र मार्को एसेन्सियोले एक एक गोल गरे । खेलको ७८ औं मिनेटमा फेडेरिकोले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको इन्जुरी समयमा एसेन्सियोले गोल गर्दै रियललाई २-० को जित दिलाए ।

Advertisement

जितसँगै रियलले शीर्ष स्थानको बार्सिलोनासँग अंक दुरी घटाएको छ । दोस्रो स्थानको रियलले २२ खेलमा ५१ अंक जोडेको छ ।

एक खेल कम खेलेको बार्सिलोनाको ५६ अंक रहेको छ । ओसासुना ३० अंक जोडेर दशौँ स्थानमा रहेको छ ।