April 23, 2025, Wednesday
२०८२ बैशाख १०
1:37:26 pm

बार्सिलोनाको जितमा पेड्रीले निर्णायक गोल गरे ।

1K

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोनाले जित निकालेको छ ।

आइतबार राति भएको खेलमा बार्सिलोनाले भिल्ला रियललाई १-० गोल अन्तरले हराएको हो ।

पेड्रीले खेलको १८ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीको पासमा गोल गरेका हुन् ।

Advertisement

जितसँगै बार्सिलोनाले २१ खेलमा ५६ अंक जोडेको छ ।

बार्सिलोना दोस्रो स्थानको रियल मड्रिड भन्दा ११ अंकले अघि रहेको छ ।

रियलको ४५ अंक रहेको छ ।

भिल्ला ३१ अंक जोडेर आठौं स्थानमा रहेको छ ।