April 23, 2025, Wednesday
२०८२ बैशाख १०
1:37:26 pm

सन्दीप लामिछाने राष्ट्रिय टिममा समावेश

1.1K

काठमाडौं । राष्ट्रिय क्रिकेट टिममा पूर्व कप्तान सन्दीप लामिछाने बन्द प्रशिक्षणमा सहभागी हुने भएका छन् ।

खेलाडी छनोट समितिका संयोजक दीपेन्द्र चौधरीका अनुसार सन्दीप आजदेखि त्रिवि मैदानमा जारी बन्द प्रशिक्षणमा सहभागी भएका छन् ।

सन्दीप आजदेखि टिमसँगै होटेलमा बस्ने चौधरीको भनाइ छ । रउनले भने, ‘सन्दीप आज मैदानमा सहभागी भए । आजैरातिबाट टिमसँगै होटेलमा बस्छन् ।’

Advertisement

बलात्कार आरोपको मुद्दामा धरौटीमा रिहा भएका सन्दीपमाथिको निलम्बन क्यानले गएको मंगलबार फुकुवा गरेको थियो ।