April 23, 2025, Wednesday
२०८२ बैशाख १०
1:37:26 pm

न्युकासल काराबाओ कपको फाइनलमा

1.3K

काठमाडौं । न्युकासल युनाईटेड काराबाओ कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा साउथह्याम्पटनलाई २-१ ले हराउँदै समग्रमा ३-१ को जितसहित न्युकासल फाइनल पुगेको हो ।

न्युकासलले पहिलो लेगमा १-० को अग्रता लिएको थियो ।

दोस्रो लेगमा १० खेलाडीमा समेटिएपनि न्युकासलले जित निकाल्यो । खेलको पाँचौं मिनेटमा सिन लङस्टाफले गोल गर्दै न्युकासललाई अग्रता दिलाए । खेलको २१ औं मिनेटमा लङस्टाफले व्यक्तिगत दोस्रो गोल गर्दै न्युकासलको अग्रता दोब्बर बनाए ।

Advertisement

त्यसपछि खेलको २९ औं मिनेटमा साउथह्याम्पटनका चे एडम्सले गोल गरेपनि न्युकासल २-१ ले विजयी भयो । यस्तै खेलको ८२ औं मिनेटमा ब्रुनो गुइमारेसले रातो कार्ड पाएपछि न्युकासल १० खेलाडीमा समेटिएको थियो ।

न्युकासल सन् १९९९ पछि पहिलो पटक घरेलु कप फुटबलको फाइनलमा प्रवेश गरेको हो । न्युकासलले उपाधिका लागि म्यानचेस्टर युनाईटेड र नटिङघम फरेस्टबीचको विजेतासँग खेल्नेछ ।

पहिलो लेगमा युनाईटेड ३-० ले अघि रहेको छ ।