April 23, 2025, Wednesday
२०८२ बैशाख १०
1:37:26 pm

गोडिन र काभानीसहित ४ खेलाडीलाई प्रतिबन्ध

1.9K

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले उरुग्वेका चार खेलाडीलाई कारबाही गरेको छ ।

कतार विश्वकप अन्तर्गत घानाविरुद्धको खेलमा रेफ्रीलाई दुर्व्यवहार गरेको भन्दै फिफाले ४ खेलाडीलाई कारबाही गरेको हो । घानाविरुद्ध पेनाल्टी नपाएपछि आक्रोशित उरुग्वेका खेलाडीहरु रेफ्रीविरुद्ध खनिएका थिए ।

फिफाले डिएगो गोडिन र एडिन्सन काभानीलाई एक खेलको प्रतिबन्ध लगाएको छ ।

Advertisement

यस्तै फर्नान्डो मुस्लेरा र जोसे मारिया जिमिनेजलाई चार खेलको प्रतिबन्ध लगाएको छ । यस्तै उरुग्वेका चार खेलाडीले फुटबल सम्बन्धी सामुदायिक सेवा र २० हजार स्विस फ्रान्क जरिवाना तिर्नु पर्नेछ ।

फिफाले उरुग्वेको फुटबल संघलाई पनि ५० हजार स्विस फ्रान्क जरिवाना गरेको छ ।