April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

नेपालले जित्यो केन्या विरुद्धको एक दिवसीय क्रिकेट श्रृंखला

1.6K

काठमाडौं । नेपालले केन्या विरुद्धको एक दिवसीय क्रिकेट श्रृंखला जितेको छ । नेपालले दोस्रो खेलमा केन्यालाई पराजित गरेसँगै एक खेल खेल्न बाँकी छँदै श्रृंखला २–० ले जितेको हो ।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा शनिबार नेपालले केन्यालाई १७ रनले हराएको हो । पहिलो एक दिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो । अब नेपालले घरेलु टोली विरुद्धको तेस्रो एकदिवसीय खेल सोमबार खेल्नेछ । यो खेल जिते नेपालले क्लिनस्वीप गर्नेछ ।

नेपालले दिएको २ सय ३१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको केन्याले ४६ ओभर ३ बलमा अलआउट हुँदै २ सय १३ रन बनाउन सक्यो । केन्याका लागि रकिप पटेलले ८१ रन बनाए । नेपालका दीपेन्द्र सिंह ऐरीले ४ तथा सोमपाल कामीले ३ विकेट लिए ।

Advertisement

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा अलआउट हुँदै २ सय ३० रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले ७८ रनको अर्धशतकीय इनिङ्स खेले । रोहितले ९५ बलमा ७ चौका प्रहार गरे ।

यस्तै देव खनालले ३७ रन जोड्दा सोमपाल कामीले २६ रन बनाए । नेपालले यस घि केन्या विरुद्धको पाँच खेलको टी–२० श्रृंखला ३–२ ले जितेको थियो ।