April 22, 2026, Wednesday
२०८३ बैशाख ९
1:37:26 pm

‘याक्थुङ मुन्चइत अक्षयकोष’ गठन

1.9K

काठमाडौं। ‘याक्थुङ मुन्चइत अक्षयकोष’को गठन भएको छ । बुधबार याक्थुङ मुन्चइत चोक सयङ्को संघीय कार्यालय ललितपुरमा संघीय कार्यसमिति र नेवा;ताम्सालिङ प्रदेश समितिका पदाधिकारी, सदस्य तथा लिम्बू चलचित्रकर्मिहरुको भेलाले चलचित्र निर्माता आशा नेम्बाङ्को अध्यक्षतामा याक्थुङ मुन्चइत चोक सयङ्, याक्थुङ मुन्चइत अक्षयकोष गठन गरिएको हो ।

समितिको सचिवमा राजकुमार लिङ्देन, कोषाध्यक्षमा नन्दु तुम्बापो र सदस्यहरुमा कल्पना योङ्हाङ, शैलेन्द्र नाल्बो, रत्ना लिङ्देन लावती र तिर्थ मादेम्बालाई निर्वाचित गरेका छन्।

भेलामा संघीय अध्यक्ष सागर केरुङ, संघीय सल्लाहकार यासेली योङ्हाङ, किरात याक्थुङ चुम्लुङ्का संघीय उपाध्यक्ष गोविन्द आङ्बुङ लगायतले शुभकामना कामना दिएका थिए ।

Advertisement

याक्थुङ मुन्चइत चोक सयङ्ले न्युनतम २५ बर्ष लिम्बू कला क्षेत्रमा जीवन बिताएका ७० बर्ष उमेर नाघेका अग्रज कलाकारहरुलाइ मासिक ११५१ रुपैयाका दरले पेन्सन दिने तयारी गरेको महासचिव रुपा आङ्बुहाङ्ले बताइन् ।