April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

रानीपोखरी सर्वसाधरणका लागि खुल्ला, विनाटिकट घुम्न पाइने

1.4K

काठमाडौं । भुकम्पले क्षति पुर्याएको रानीपोखरी पुनर्निर्माण गरी पहिलोपटक सर्वसाधरणका लागि खुल्ला गरिएको छ । काठमाडौं महानगरपालिकाले सरसफाइ गरी गत बुधवारबाट रानीपोखरी सर्वसाधरणका लागि खुल्ला गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

रानीपोखरीमा अब सर्वसाधारण विनाटिकट अवलोकन गर्न जान पाउने भएका छन् । ‘पुनर्निर्माणपछि महानगरले बारम्बार सर्वसाधारणलाई खुलाउन पहल गर्दै आएको थियो । बुधबारबाट औपचारिक रुपमा खुले पनि शुक्रबारबाट मान्छेहरु रानीपोखरीमा जान थालेका छन् ।

२०७२ को भूकम्पले क्षति पुगेपछि पुनर्निर्माण गरी रानीपोखरीलाई पुरानै स्वरुप दिइएको थियो । तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ८ पुस २०७८ मा महानगरलाई रानीपोखरी हस्तान्तरण गरे पनि सर्वसाधारणका लागि खुला गरिएको थिएन ।

Advertisement