April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

आन्दोलनमा मृत्यु भएका लाजेहाङ घटनाको छानविन गरिने

2.2K

काठमाडौं। सरकारले कोशी प्रदेश नामकरण विवादपछि यही चैत ५ गते भएको घटनाको छानविन गर्न समिति गठन गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डको’ आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि सरकारले छानबिन समिति गठन गर्ने निर्णय गरेको हो ।

कोशी प्रदेश नामकरण विवादपछि देखिएको घटनाक्रमप्रति सरकार गम्भीर रहेको र चैत ५ गते भएको घटनाका सम्बन्धमा गृहमन्त्रालयले समिति गठन गरी तत्काल छानबिन अघि बढाउने सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन । समग्र घटनाका सम्बन्धमा छलफल गर्न सरकारले सम्बन्धित पक्षलाई संवादका लागि आह्वान गरेको छ ।

कोशी प्रदेश नामाकरण विरुद्धको आन्दोलनको क्रममा घाइते भएका एक आन्दोलनकारीको निधन भएपछि सरकारले यस्तो कदम चालेको हो । गत चैत ५ गते विराटनगरमा कोशी प्रदेश खारेजीको माग गर्दै आन्दोलनमा सहभागी भएका लिम्बुवान भोलन्टियर्स केन्द्रीय सिनियर कमाण्डर पदम लिम्बु लाजेहाङको शुक्रबार बिहान निधन भएको थियो ।

Advertisement