लण्डन । एनआरएनए यूकेको कार्यालय आइतबार उद्घाटन हुँदैछ । गैर–आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेलायत (एनसीसी यूके) को नयाँ कार्यालयको उद्घाटन संघका पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक शेष घलेले गर्ने भएका छन् ।
एनसीसी यूकेका महासचिव खुशी लिम्बुका अनुसार अल्डरसटमा स्थापना गरिएको नयाँ कार्यालयको उद्घाटन अक्टोबर १० आइतबार बिहान ११ बजे शेष घलेद्धारा विशेष समारोहबीच गरिने भएको हो ।
एनसीसी यूकेले गैर–आवासीय नेपाली संघको स्थापना दिवसको अवसर पारेर कार्यालय उदघाटन गर्न लागेको प्रवक्ता भरतमणी चोङबाङले जानकारी दिए ।
उद्घाटन कार्यक्रममा बेलायतस्थित नेपाली दूतावासका प्रतिनिधिका साथै एनआरएनए यूकेका संस्थापक पदाधिकारी तथा समाजका अगुवाहरुको उपस्थिति रहने अध्यक्ष प्रेम गाहा मगरले लन्डन नेपाल न्युज लाइ जानकारी गराए ।
सन् २००३ मा बेलायतबाटै एनआरएनएको घोषणा गरिएको ‘एनआरएन डे’ कै अवसर पारेर कार्यालय उद्घाटन गर्न लागिएको हो ।