April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

बैशाख ९ गते एनआरएनएले स्थानीयलाई लाप्राक बस्ती हस्तान्तरण गर्ने

3K

लण्डन – गैरआवासीय नेपाली संघले गोरखाको लार्पाकमा निर्माण गरेको वस्ति बैशाख ९ गते हस्तान्तरण गर्ने भएको छ ।

विसं २०७२ साल वैशाख १२ गतेको विध्वंशकारी भूकम्पका कारण प्रभावित गोरखा जिल्लाको लाप्राकस्थित धार्चे गाउँपालिका वडा नम्बर ४ मा संघको प्रत्यक्ष सक्रियतामा निर्माण सम्पन्न गरिएको ५ सय ७३ वटा नीजि आवास विहीवार हस्तान्तरण गर्न लागिएको हो ।

वैशाख ९ गते जग्गा धनी पूर्जासहित लाभग्राहीहरुलाई वस्ति हस्तान्तरण गरिने एनआरएनएले जनाएको छ । बस्ती हस्तान्तरणका लागि धार्चे गाउँपालिका वडा नम्बर. ४ र नेपाल सरकारबाट समेत अनुमति प्राप्त भइसकेको पनि जनाइएको छ ।

Advertisement

५७ करोड ६६ लाख भन्दा बढीको लागतमा निर्माण भएको सो बस्तीको लागि आर्थिक सहयोग गर्ने विश्वभर छरिएका गैरआवासीय नेपालीहरु, नेपाल सरकार, स्थानीय सरकार लगायत सम्पूर्ण दाता एवं अन्य सहयोगी सबैप्रति एनअराएनएले आभार व्यक्त गरेको छ ।