April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

कोरोनाबाट विदेशमा मृत्यु हुने नेपालीको संख्या ३३९ पुग्यो

२०७७ फाल्गुन १६

2.2K

काठमाडाैं– कोरोना भाइरसको संक्रमणबाट विदेशमा यो साता थप ३ जना नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघका अनुसार यो साता यूएईमा २ र पोर्चुगलमा १ जनाको संक्रमणबाट मृत्यु भएको हो।

योसहित २१ देशमा कोरोना संक्रमणले ज्यान गुमाउने नेपालीको संख्या ३ सय ३९ जना पुगेको छ। 

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म विभिन्न ५३ देशमा रहेका ६२  हजार ४ सय १ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ।

Advertisement

तीमध्ये ६० हजार १ सय २४ जना कोरोना संक्रमण मुक्त भएका छन्। संक्रमणमुक्त हुने दर ९६ दशमलव ३ प्रतिशत छ।