काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ललितपुर–३ बाट डा. तोसिमा कार्कीलाई प्रतिनिधिसभा उम्मेदवार बनाउने भएको छ । फागुन २१ मा हुन लागेको प्रतिनिधि सभाको आसन्न निर्वाचनका लागि पार्टीले डा. कार्कीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
कार्की २०७९ को प्रतिनिधिसभा निर्वाचनमा ललितपुर–३ बाट निर्वाचित भएकी तोसिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राज्यमन्त्री समेत बनेकी थिइन् ।
उनले नेकपा एमालेका अमृत भट्टराईलाई पराजित गरेकी थिइन् भने नेकपा माओवादी केन्द्रकी पम्फा भुसाल तेस्रो भएकी थिइन् ।