December 26, 2025, Friday
२०८२ पुष ११
1:37:26 pm

यस सरकारले निर्वाचन गराउनेमा आशंका जन्मिएको छः डा. कोइराला

805

विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले यस सरकारले निर्वाचन गराउनेमा आशंका जन्मिएको बताएका छन् । आफ्नो निर्वाचन क्षेत्र मोरङ– ६ अन्तर्गत सुन्दरहरैंचा नगरपालिका– ४ का स्थानीय नेताहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै उनले आफूहरू निर्वाचन मिति कुरेर बसेको तर सरकारको तयारी हेर्दा आशंका जन्मिएको बताएका हुन् ।

फागुन २१ गते हुने तय भएको प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुनैपर्ने बताउदै डा. कोइरालाले भने, ‘संविधान बचाउने र मुलुकलाई सक्रमणबाट जोगाउने निर्वाचनले मात्रै हो । हामी त निर्वाचनको मिति कुरेर बसेका छौं तर सरकारको तयारी हेर्दा निर्वाचन हुनेमा आशंका समेत जन्मिएको छ ।’

सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको भन्दै उनले प्रश्न गरे, ‘दलका केही नेतालाई काठमाडौँ बाहिर जान दिइएको छैन, लुटिएका हतियार बाहिर छन्, कैदीहरू बाहिर छन् यसबारेमा सरकारले के सोचेको छ ?’

Advertisement