April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

एकैपटक ६ वटा संसदीय समितिको बैठक बस्दै

785

काठमाडौं । एकैपटक ६ वटा संसदीय समितिको बैठक बस्दैछ । मंगलबार दिउँसो १ बजे महिला तथा सामाजिक समितिको बैठक सिंहदरबारमा बस्दैछ । उक्त बैठकमा नेपालमा एसिड आक्रमणका पीडितहरूको क्षतिपूर्तिबारे छलफल हुनेछ ।

त्यस्तै बिहान ११ बजे सिंहदरबारमा बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि० सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकबारे छलफल हुनेछ ।

मध्याह्न साढे १२ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दफावार छलफल हुनेछ बिहान ११ बजे सार्वजनिक लेखा समितिको बैठक बोलाइएको छ। बैठकमा महालेखा परीक्षकसँग छलफल हुनेछ ।

Advertisement

यस्तै, बिहान साढे १० बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने छ । त्यहाँ सोह्रौं पञ्चवर्षीय योजनाको मुख्य विषयवस्तुहरू र अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नतिको लागि नेपाल सरकारको रणनीति तयारी र दिगो विकास लक्ष्य कार्यान्वयनको भिआरएन प्रतिवेदन तयारी सम्बन्धमा छलफल हुनेछ ।

दिउँसो १ बजे बस्ने राष्ट्रिय सरोकार समितिको बैठकमा बौद्धनाथ क्षेत्र विकास समितिबाट भएका कामकारवाही, प्रमुख सवाल, समस्याहरू र भावी कार्ययोजनाका बारेमा छलफल हुने संसद सचिवालयले बताएको छ ।