काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा.स्वर्णिम वाग्लले काँग्रेसले संसदमा गरिरहेको अवरोध ‘औचित्यहिन’ भएको टिप्पणी गरेका छन् ।
आईतवार आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रमबारे संसदको छलफलमा भाग लिँने क्रममा उनले नेपाली काँग्रेसले विश्वश्वरप्रसाद (बिपी) कोईरालाले ६५ वर्ष पहिला स्थापित गरेको मानकलाई आज यो अवस्थामा पुर्याउन लज्जास्पद र औचित्यहिन रहेको बताएका हुन् ।
वाग्लेले नेपाली काँग्रेसले सहकारीको विषयलाई उठाएर समाधान भन्दा पनि संसदको ओझ,गरिमा असान्दर्भिक बनाउने कदममा गएको आरोपसमेत लगाए ।