February 13, 2025, Thursday
२०८१ फाल्गुन २
1:37:26 pm

प्रतिनिधि सभाको बैठक बस्दै

790

काठमाडौं । संघीय संसद्अन्तर्गत् प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बैठक संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने छ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भनेर प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ।

त्यस्तै सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र सम्बोधनमाथि छलफल गरिने कार्यसूची रहेको छ भने प्रधानमन्त्री प्रचण्डले छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिनेछन्। सभामुखले प्राप्त संशोधनहरू र सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ। 

Advertisement

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने सहकारी ठगीमा संसदीय छानबिन समिति नबनेसम्म सदनको कामकारबाही अघि बढ्न नदिने बताएको छ।