April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

दुवै सदनको बैठक बस्दै

920

काठमाडौं । सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दै छ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १: १५ बजेदेखि सुरु हुने छ।

संसद् भवन नयाँ बानेश्वरमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची छ ।

त्यस्तै, प्रतिनिधि सभा नियमावली २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सभामुखले माननी सदस्यहरूको मनोनयन गर्नेछन् ।

Advertisement

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धी विधेयक २०८० लाई फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

सहकारीको बचत अपचलन प्रकरणमा गृहमन्त्री लामिछाने संलग्न रहेको भन्दै कांग्रसले संसदीय छानबिन समिति बनाउनुपर्ने भन्दै संसद् अवरुद्ध गर्दै आएकोमा शनिबार बसेको शीर्ष नेताहरूको बैठकले समिति बनाउने निर्णय गरेको हो ।