April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

प्रतिनिधिसभाको बैठक आज बस्दै

860

काठमाडौं। प्रतिनिधिसभाको बैठक आज बस्दै छ । सङ्घीय संसद्अन्तर्गतको बैठक बिहान ११ बजेका लागि बोलाइएको हो । 

विहीबारको प्रतिनिधिसभा बैठक सुरु हुने बित्तिकै प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि बैठक आज बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको थियो । 

प्रतिपक्षको अवरोधकाबिच सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाएका थिए । उनले गृहमन्त्री लामिछानेलाई बोल्न समय पनि दिएपछि  बैठकमा धकेलाधकेल भएको थियो ।

Advertisement

सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नका लागि समिति गठन गर्नुपर्ने कांग्रेसको माग छ ।

आजको बैठकमा  सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।  त्यस्तै  प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न माननीय सदस्यहरूको मनोनयन गर्नेछन् ।