काठमाडौं । राष्ट्रियसभाको बैठक आज अपराह्न ४ः३० बजे बस्ने भएको छ ।
यसअघि आज अपराह्न १ः१५ बजे बस्ने तय भएको बैठक विशेष कारणबस ४:३० मा बस्ने भएको हो ।
राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ उपनियम (३) बमोजिम राष्ट्रियसभा अध्यक्षले बैठक सारेको सूचनामा उल्लेख छ ।