काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारबाट बाहिरिने भएको छ । आइतबार बसेको कार्यकारिणी समितिको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
पछिल्ला राजनीतिक घटना क्रमलाई लिएर सरकारबाट बाहिरिने निर्णय गरेको पार्टीका नेताले बताए ।
पार्टी अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्यामन्त्री रहेका छन् । पछिल्लो समय रुष्ट रहेका यादवले एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रचण्डले पार्टी फुटाइदिएको आरोप लगाउदै आएका छन् । उनले सार्वजनिक कार्यक्रमहरुमै सत्तारुढ दल एमाले–माओवादीमाथि पार्टी विभाजनमा भूमिका खेलेको आरोप लगाउँदै आएका थिए ।
मधेश प्रदेश सरकारबाट एमाले र माओवादी बाहिरिएपछि उपेन्द्रले पनि सरकार छाड्ने निर्णय गरेका हुन् । उनलाई प्रधानमन्त्री प्रचण्डले पनि राजीनामा दिन प्रेसर दिएको बताइएको छ ।