April 19, 2025, Saturday
२०८२ बैशाख ६
1:37:26 pm

पार्टी विभाजनविरुद्ध सर्वोच्च जाँदै उपेन्द्र यादव

875

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव आज सर्वोच्च अदालत जाने भएका छन् ।

स्वास्थ्यमन्त्रीसमेत रहेका यादव जसपा नेपालबाट विभाजन भएर गठन भएको जसपालाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च जान लागेका हुन् ।

उपेन्द्र यादवको नेतृत्वमा रहेको जसपा गत आइतबार विभाज भएको थियो । यादव विदेश भ्रमणमा रहेका बेला पार्टीका संघीय परिषद् अध्यक्ष अशोक राईले जसपा गठन गरेका हुन्। प्रतिनिधि सभाका १२ सांसदमध्ये राईलाई ७ जना सांसदले साथ दिएका छ्न् ।

Advertisement