April 19, 2025, Saturday
२०८२ बैशाख ६
1:37:26 pm

अशोक राई नेतृत्वको जसपाले पायो नयाँ दलकाे मान्यता

1.2K

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीलाई निर्वाचन आयाेगले नयाँ दलकाे मान्यता दिएकाे छ। 

केन्द्रीय सदस्य वा संसदीय दलमध्ये एउटामा २० प्रतिशत भए हुने नियमावलीअनुसार नयाँ दल दर्ताकाे निवेदन प्राप्त भएकाे जनाउँदै आयाेगले राई नेतृत्वको जसपालाई नयाँ दलकाे मान्यता दिएकाे हाे। 

जसपाका कार्यवाहक अध्यक्ष एवं सांसद अशोक राईको नेतृत्वमा सात सांसदसहित ३० केन्द्रीय सदस्यले मूल पार्टीबाट अलग भएकाे जनाउँदै आइतबार नयाँ दल दर्ताका लागि निर्वाचन आयाेगमा निवेदन दिएका थिए। 

Advertisement

आजै जनता समाजवादी पार्टी नेपालले आइतबार दल विभाजनसम्बन्धी निर्वाचन आयोगमा दिएको निवेदन अवैधानिक भएको दाबी गरेकाे छ।