काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) का केन्द्रीय अध्यक्ष दुजाङ शेर्पालाई बर्खास्त गर्न माग गरिएको छ । नेपाली काँग्रेस जिल्ला कार्य समितिले दोलखाले शेर्पाको बर्खास्तीको माग गरेको हो ।
दोलखाका पार्टी सभापति बर्मा लामाले पार्टी सभापति शेरबहादुर देउवालाई पत्र पठाउँदै नेविसंघ अध्यक्ष शेर्पालाई बर्खास्त गर्न माग गरेका हुन् ।
शेर्पाले दोलखामा पार्टीको सर्वसम्मत सिफारिसलाई बेवास्ता गरी साधारण सदस्य नै नभएको व्यक्तिलाई नेविसंघको जिल्ला अध्यक्ष मनोनीत गरेको भन्दै पार्टीले बर्खास्त गर्न माग गरेको हो