April 5, 2026, Sunday
२०८२ चैत्र २२
1:37:26 pm

शंकर अग्रवाल रिहा

255

काठमाडौं । शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल रिहा भएका छन् । उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले रिहा गरेको हो ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा शुक्रबार पक्राउ परेका अग्रवाललाई विभागले बयान लिएको थियो ।

mostbet

शंकर ग्रुप नेपालका अग्रणी व्यावसायिक घरानामध्ये एक हो, जसको मुख्य कम्पनी जगदम्बा स्टिल हो । समूहले स्टिलसँगै सिमेन्ट, जलविद्युत् तथा उपभोक्ता वस्तुलगायत विभिन्न क्षेत्रमा लगानी विस्तार गरेको छ ।

Advertisement

उक्त प्रकरणमा सञ्चालक सुलभ अग्रवाललाई पनि पक्राउ गरिएको थियो । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।