काठमाडौं । सभामुख डोलप्रसाद अर्यालको शपथ चैत २२ गते दिउँसो ३ बजे हुने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अर्याल शुक्रबार प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन् ।
आइतबार दिउँसो ३ बजे राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्याललाई पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयले जानकारी जनाएको छ ।
आइतबार बिहान ११ बजे बस्ने प्रतिनिधि सभाबाट अर्याललाई प्रक्रिया पूरा गरेर सभामुख घोषणा गरिने छ । त्यसपछि दिउँसो ३ बजे राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिनेछन् ।