काठमाडौं । काठमाडौंमा प्रहरीले रातभर सर्च अप्रेशन चलाएर गुण्डागर्दी, ठगी, बिचौलिया लगायतमा संलग्नहरूलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार रातभर काठमाडौंका विभिन्न ठाउँबाट १९५ जना पक्राउ परेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, ठमेल, बुढानीलकण्ठ लगायतका क्षेत्रबाट सो संख्यामा विभिन्न मान्छेहरू पक्राउ गरिएको हो ।
उनीहरूविरुद्ध प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।