March 12, 2025, Wednesday
२०८१ फाल्गुन २८
1:37:26 pm

लागूऔषधसहित ७ जना पक्राउ

12.1K

बिराटनगर । झापा, मोरङ र सुनसरीबाट लागूऔषधसहित ७ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार मंगलबार दिउँसो सुनसरीको अस्थायी प्रहरी पोष्ट रेल्वेबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा धरान–१७ का २७ बर्षीय जित बहादुर बुढाथोकीलाई प्रतिबन्धित औषधी ७२० क्यापसुल र ८४० ट्याब्लेट सहित पक्राउ गरेको छ ।

त्यसैगरी झापाको इलाका प्रहरी कार्यालय सुरुङ्गाको टोलीले चेकजाँचको क्रममा बिर्तामोड नगरपालिका २ का २३ बर्षीय भुपेन्द्र सिंह राजवंशी र १९ बर्षीय आशिका नेम्बाङ लिम्बुलाई ५६० मिलिग्राम ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको हो ।

यस्तै, मोरङको अस्थायी प्रहरी पोष्ट मटेरुवाले चेकजाँचको क्रममा प्र.१–०२–०४८–प९५०७ नम्बरको मोटरसाईकलमा सवार रहेका बिराटनगर ४ का २० बर्षीय पाञ्जोल घिमिरे र बिर्तामोड झापाका ३५ वर्षिय सरोज बुढाथोकीलाई ४९० मिलिग्राम ब्राउन सुगरसहित र इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले पथरीशनिश्चरे ४ का ३० बर्षीय हिमाल खतिवडा र ३७ वर्षिय नर बहादुर दाहालललाई ४८० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ ।

Advertisement

पक्राउ परेका उनीहरुको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।