विराटनगर । मोरङ र धनकुटाबाट लागुऔषधसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गएराति बिशेष सूचनाको आधारमा मोरङको इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले लेटाङ नगरपालिका–६ का ३२ बर्षीय अभिषेक मगर र २४ बर्षीय बाराक लिम्बुलाई ५ ग्राम ९४ मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा को.१९ प ९८७७ नम्बरको मोटरसाईकल चालक साँगुरीगढी–९ का २६ बर्षीय लक्ष्मण राईलाई १२ किलोग्राम गाँजासहित पक्राउ गरेको छ ।
लागुऔषधसहित पक्राउ परेका उनीहरुको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।