April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

बाढीपीडितहरूलाई उद्दार तथा राहत दिने कुरामा सरकार जिम्मेवार छैनः कुँवर

1.1K

काठमाडौं । प्रतिनिधिसभा सदस्य शेरबहादुर कुँवरले बाढीपीडितहरूलाई उद्दार तथा राहत दिने कुरामा सरकार जिम्मेवार नभएको आरोप लगाएका छन् ।

सोमबार संसदको शून्य समयमा बोल्दै सांसद कुँवरले वर्षातका कारण प्रभावित बनेका जनतालाई राहत दिने काममा सरकारले प्रभावकारी कदम चाल्न नसकेको आरोप लगाएका हुन् ।

नेकपा (एकीकृत समाजवादी) का नेता सांसद कुँवरले भने ‘अहिले देश वर्षा र झरीका कारण दुःख ब्यहोरिरहेको छ। आजसम्म कति मानिसहरूले ज्यान गुमाए ? कति वेपत्ता बने ? कति मानिसहरूको उठिबास बन्यो ? यी सवालहरूको जवाफ सकारले संसदलाई दिनुपर्छ।’

Advertisement

सांसद कुँवरले भने, सरकारले आफ्नो दायित्व पूरा गरेको अवस्था र राहत, उद्धारका बारेमा सरकारले संसदलाई जानकारी दिनुपर्छ।