May 20, 2024, Monday
२०८१ जेष्ठ ७
1:37:26 pm

झापामा चट्याङ लागेर एक जनाको मृत्यु

765


विराटनगर । झापामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । झापाको अर्जुनधारा नगरपालिका- २ चौरासे स्थितमा चट्याङ लागेर स्थानीय ५४ बर्षीय मोहन प्रसाद दुलालको मृत्यु भएको हो ।

मंगलबार दिउँसो ५ बजे घर नजिकै मकै बारीमा मल लगाउदै गरेको अवस्थामा अचानक परेको चट्याङले लागि घाइते भएका दुलाललाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Advertisement