पाँचथर । पाँचथरका उदय केरुङले सगरमाथाको सफल आरोहण गरेका छन् । फालेलुङ गाउँपालिका-३ का ३३ वर्षीय केरुङले आइतबार बिहान ६ बजेर ८ सेकेन्ड जाँदा सगरमाथाको सफल आरोहण गरेका हुन् ।
उनले बिहीबार मध्यरात आधार शिविरबाट आरोहण दलका २२ जना सदस्यसँगै सगरमाथा चुचुरोतर्फ प्रस्थान गरेका थिए ।
एट–के एक्सपिडिसन ट्रेकिङ कम्पनीमार्फत सगरमाथाको आरोहणमा गएका केरुङले यसअघि ‘मेरा पिक’ र विश्वको आठौं अग्लो मनास्लु हिमालको सफल आरोहण गरिसकेका छन् ।