April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

मुलुकको विकासका लागि जनताको समस्या राजनीतिक मुद्दा बन्नुपर्छ: गगन थापा

1.7K

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मधेशका जनताको विषय राजनीतिक विषय बन्न नसकेको बताए ।

बिहीबार नेपाल प्रेस युनियनले महोत्तरीको भोल्हीमा गरेको कार्यक्रममा बोल्दै महामन्त्री थापाले मधेशका जनताको दैनिकी, युवालाई रोजगारी, किसानको सिँचाई समस्या, विद्यार्थीको पढाईको अवस्था, स्वास्थ्य र खेत खलिहानको विषय राजनीतिक मुद्दा बन्न नसकेको बताएका हुन् ।

महामन्त्री थापाले भने, ‘मुलुकको विकासका लागि जनताको समस्या राजनीतिक मुद्दा बन्नुपर्छ । झापामा हात्तीको त्रास । धनुषाको महोतरीका किसान निलगाईको आतंकले समस्यामा परेका छन् । किसानको खेतमा सिँचाइको समस्या छ । तर यो समस्या राजनीतिक विषय बन्दैनन् । दलभित्र छलफल हुँदैनन् ।’

Advertisement

महामन्त्री थापाले जनताले दैनिक भोगिरहेका समस्याबारे दलहरुभित्र छलफल नै नभएको भन्दै अब त्यस्ता विषयलाई कांग्रेसले मुद्दा बनाएर अघि बढ्ने बताए ।

कांग्रेसमा जनतामा छाएको निराशा चिर्न र स्थानीयस्तरका गुनासा सुन्नका लागि संवाद यात्राको सुरुवात गरेको भन्दै उनले जिल्ला र भुगोल अनुसार फरक-फरक समस्या लामो समयदेखि यथावत् रहेको र समाधानका लागि पहल नहुँदा राजनीति आन्दोलनले परिवर्तन भएको व्यवस्थाको अनुभुति हुन नसकेको बताए ।

महामन्त्री थापाले भने, ‘काठमाडौँले मधेशको ठुलो समस्यालाई अनदेखा गर्दा मधेशको विकास हुन सकेन । संवाद यात्राबाट देखेको समस्यालाई समाधान गर्न संघीय, प्रदेश र स्थानीय सरकोरबाट पहल गर्नेछौँ । नागरिकको सुझवालाई विकासको अनुभुति गर्न संघीय सरकारको बजेटमा राख्न राजनीति दललाई बाध्य बनाउनेछौँ ।’