April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

महासंघको महासंग्राम, को–को भए विजयी (विवरणसहित)

3.1K

काठमाडौं-नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारण सभा (नेतृत्व चयनको महाधिवेशन)बाट व्यवसायी शेखर गोल्छा स्वत: अध्यक्ष हुँदै गर्दा ६४ व्यवसायी विभिन्न पदमा निर्वाचित भएका छन्। 

आइतबार बिहान सम्पन्न मतगणनामा वरिष्ठ उपाध्यक्षमा व्यवसायी  चन्द्रप्रसाद ढकाल विजयी भएका हुन। उनले व्यवसायी किशोर प्रधानलाई पराजित गरेका हुन।

ढकालले ५५ प्रतिशत मतसहित निर्वाचन जितेका हुन्। ढकालले एसोसिएट र द्विराष्ट्रियतर्फ ८ सय ९७ मत खसेकाेमा ५ सय २२, जिल्ला-नगरतर्फ १ सय ५ मतमा ५३ र वस्तुगततर्फको १ सय १ मतमा ५९ मत ल्याएका छन्।

Advertisement

यसैगरी एसोसिएटतर्फ व्यवसायी रामचन्द्र संघाई विजयी भएका छन। उनले ५ सय ५५ मतमा ४ सय ५५ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी सौरभ ज्योतिले जम्मा ४ सय ३४ मत पाएका छन्। संघाई ढकाल प्यानलका हुन्।

यसैगरी वस्तुगत उपाध्यक्षमा भने प्रधान प्यानलका व्यवसायी अञ्जन श्रेष्ठ विजयी भएका छन। उनले व्यवसायी उमेशलाल श्रेष्ठलाई हराएका हुन। अञ्जनले कुल १ सय १ मतमा ६२ मत पाएका थिए भने उमेशलालले ३७ मत मात्रै पाए।

यसैगरी जिल्ला- नगर उपाध्यक्षमा पनि प्रधान प्यानलका दिनेश श्रेष्ठ विजयी भएका छन। उनले व्यवसायी गुणनिधी तिवारीलाई हराएका हुन्।श्रेष्ठले ५८ मत पाए भने उनका प्रतिस्पधी तिवारीले ४७ मत पाए।

यसैगरी प्रदेश १ को कार्यकारीणी सदस्यमा राजेन्द्र राउत  र प्रदेश २ मा विजयकुमार शाह निर्विरोध भएका छन्।

बाग्मती प्रदेशबाट कार्यकारीणी सदस्यमा सहनलाल प्रधान, गण्डकी प्रदेशबाट कार्यकारीणी सदस्यमा बाबुराम गिरी, लुम्बिनीबाट जमशेर मियाँ, कर्णालीबाट लालिमान बुढा र सुदूर  पश्चिमबाट पुष्पराज कुंवर र संस्थापक सदस्य समूहबाट दामु अधिकारी विजयी भएका छन्।

बस्तुगत संघबाट कार्यकारीणी सदस्यमा निर्वाचित
नरेशलाल श्रेष्ठ ७२
सुमितकुमार केडिया ६६
आकाश अधिकारी ४९
 प्रकाश सिंह कार्की ५७
 भक्तबहादुर हमाल ६२
 सुबोध कुमार गुप्ता ५०
 हेमराज ढकाल ५५
अरनिको राजभण्डारी ६४
गोबिन्द ढुंगेल ५०
मनिषलाल प्रधान ६०
मीनमान श्रेष्ठ ६७
विष्णुप्रसाद गैरे ५१
सन्दीपकुमार अग्रवाल ५१
सुकुन्तलाल हिराचन ५५

यीमध्ये आकाश अधिकारी,नरेशलाल श्रेष्ठ, प्रकाशसिंह कार्की, भक्तबहादुर हमाल,  सुबोधकुमार गुप्ता, सुमितकुमार केडिया र हेमराज ढकाल ढकाल प्यानलका हुन् भने अरनिको राजभण्डारी गोबिन्द ढुंगेल, मनिषलाल प्रधान ,मीनमान श्रेष्ठ,विष्णु प्रसाद गैरे; शिवप्रसाद घिमिरे,सन्दीपकुमार अग्रवाल र सुकुन्तलाल हिराचन प्रधान प्यानलका हुन्।

जिल्ला-नगरतर्फका विजयीहरू सदस्यहरू
अमृत भट्टचन ५१
अरुणराज सुमार्गी ६६
उमेश डालमिया ५३
कमलकुमार श्रेष्ठ ७०
कमानबहादुर खड्का ६२
किशोरकुमार आचार्य ५२
कुवीरकुमार श्रेष्ठ ५८
कृष्णप्रसाद अवाल
गजेन्द्रकुमार भगत ६८
गोपाल केडिया ५५
चक्रबहादुर अधिकारी ६७
डिबी बस्नेत ५८
तारानाथ घिमिरे ७२
देवकुमार श्रेष्ठ ६४
महेन्द्रकुमार श्रेष्ठ ५४
राजन श्रेष्ठ ७९
रामेश्वर मानन्धर  ६३
शोभाकान्त पौडेल ७०
सुरकृष्ण वैद्य ६१

एसोसिएटमा विजयी कार्यकारीणी सदस्यहरु
अम्बिका प्रसाद पौडेल–८०२
अविनाश बोहरा–४७६
आनन्द कुमार अग्रवाल बगडिया–४९९
कृष्ण लाल महर्जन–४६२
गोपाल खनाल–७५१
ज्योत्सना श्रेष्ठ–७६७
देश बन्धु बस्नेत–४८३
प्रबल जंग पाण्डे–७४३
भरत राज आचार्य ७४६
रञ्जित राज आचार्य– ४५९
राजेश कुमार अग्रवाल–५३०
विजयसिंघ वैद्य–५४७
शक्ति कुमार बेगानी–५३०
शाहिल अग्रवाल–७३३
शैलेन्द्र गुरागाई–६६५
सुशील थापा–४७३
संजय गिरी–५०७
हेमन्त गोल्छा–५ सय ९
द्विराष्ट्रिय तर्फबाट कार्यकारीणी सदस्य– संदीप अग्रवाल (निविरोध)