काठमाडौं । साइबर अपराधको अनुसन्धानका लागि पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईँलाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
जिल्ला न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासले उनलाई थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भिडियो सन्देशमार्फत ‘विवादास्पद अभिव्यक्ति’ दिएको आरोपमा मंगलबार पक्राउ परेका प्रसाईं विरुद्ध जिल्ला अदालतबाट साइबर अपराध सम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएको थियो । उनलाई सीआईबीको टोलीले भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको थियो ।
हिजै पक्राउ गरिए पनि समय अभावका कारण उनलाई आज बुधवार अदालतमा पेस गरिएको हो । प्रहरीले उनीमाथि साइबर अपराध लगायतका अभियोगमा अनुसन्धान गर्ने भएको हो ।
प्रसाईँले फेक भिडिओ बनाएर प्रधानमन्त्री ओलीले कम्बोडियामा २० करोड डलर लगानी गरेको आरोप लगाएका थिए ।