April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

विमानस्थलबाट ५ किलो ७ सय ग्राम सुनसहित ३ जना पक्राउ

२०८१ कार्तिक २१

600

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७ सय ग्राम सुनसहित ३ जना पक्राउ परेका छन् । अरेबियाको जहाजमार्फत यूएईको शारजाहबाट काठमाडौं आएका एक चिनियाँ र २ म्यानमारका नागरिक मंगलबार साँझ सुनसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्ने चिनियाँ नागरिकमा च्यान चोङ र म्यानमारका सात नाइङ तुन र एई एन्गोन फू रहेका छन् ।

उनीहरूलाई भन्सार ब्यागेज क्षेत्रमा रिचेक( पुनः जाँच ) गर्ने क्रममा लगेजभित्र राखेको १२ थान स्पिकरमा करिब ५ के.जी. ७ सय ग्राम सुन फेला परेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यलय र सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेसको संयुक्त टोलीले निन्त्रणमा लिएको हो ।

Advertisement

नियन्त्रणमा लिइएका तीनै जनालाई आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा राखिएको प्रहरीले जनाएको छ ।