April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

अनुसन्धानका लागि रवि लामिछानेलाई बुटवल लगिदै

२०८१ कार्तिक १९

545

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई प्रहरीले बुटवल लैजाने तयारी गरेको छ । कात्तिक २ गतेदेखि सहकारी ठगी मुद्दाको अनुसन्धानका क्रममा कास्की प्रहरी हिरासतमा रहेका उनलाई सहकारी ठगी र संगठित अपराध कसुरमा अनुसन्धान गर्न बुटवल लैजान लागिएको हो ।

कास्की प्रहरीले अनुसन्धानका लागि अदालतबाट पाएको म्याद १४ गते नै सकिएको पनि तिहार बिदाका कारण लामिछाने प्रहरी हिरासतमै छन् । मंगलबार म्याद थप नभएको अवस्थामा सोही दिन र म्याद थप भएमा छठ पर्वपछि बुटवल लैजाने रूपन्देही प्रहरीको तयारी रहेको बताइएको छ ।

बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैंयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गर्न रूपन्देही जिल्ला अदालतले कात्तिक ८ गते नै लामिछाने, जिबी राईसहित १२ जनालाई पक्राउ अनुमति दिएको थियो । प्रहरीले अदालतको त्यही अनुमतिअनुसार अनुसन्धानका लागि बुटवल लैजाने तयारी गरेको हो । बुटवलस्थित सुप्रिम सहकारीबाट १ करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।

Advertisement

कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई अनुसन्धानका लागि अदालतको अनुमतिअनुसार रूपन्देही पठाइदिन रूपन्देही प्रहरीले एक साताअघि नै पत्राचार गरिसकेको छ ।