काठमाडौं । एयर इन्डियाको जहाजमा कुनै खतरनाक पदार्थ नभेटिएको बताइएको छ । उड्न लागेको जहाजमा बम रहेको सूचना आएपछि सबै यात्रुलाई ओरालेर जाँच गरिएकोमा त्यस्तो खतनाक पदार्थ नभेटेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विमान दिल्ली उड्ने लागेको छ ।
दिउँसो ३ : ३९ मा १६८ यात्रु लिई आएको जहाज सबै यात्रु ओरालेर दिल्लीको फ्लाइटको तयारी गरिरहेका बेला दिउँसो ४: ३१ मा बम थ्रेट रहेको सूचना आएपछि प्रहरीले जाँच सुरु गरेको थियो ।
काठमाण्डौ हुँदै दिल्ली जानको लागी १६० जना यात्रु सबै जना बोर्डिङ भई सकेको तथा प्रस्थान हुने यात्रु हरुको लगेज व्याग समेत लोड गरिसकिएको थियो । ती सबै लगेजहरू झारी प्रहरीले पुन: कुकुरसमतेको प्रयोग गरी जाँच गरेको हो ।