April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

दिल्ली फर्किन लागेको एयर इन्डियाको जहाजमा फेरि बमको हल्ला, कुकुरसहित जाँच गरिदै

२०८१ कार्तिक १७

840

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली फर्किन लागेको एयर इन्डियाको जहाजमा बम रहेको सूचना आएको बताइएको छ । नागरिक उड्ययन प्राधिकरणमा यस्तो सूचना आएपछि सबै यात्रुलाई ओरालेर जाँच भइरहेको छ ।

दिउँसो ३ ः३९ मा १६८ यात्रु लिई आएको जहाज सबै यात्रु ओरालेर दिल्लीको फ्लाइटको तयारी गरिरहेका बेला दिउँसो ४ ः ३१ मा बम थ्रेट रहेको सूचना आएपछि प्रहरीले जाँच सुरु गरेको हो ।

काठमाण्डौ हुँदै दिल्ली जानको लागी १६० जना यात्रु सबै जना बोर्डिङ भई सकेको तथा प्रस्थान हुने यात्रु हरुको लगेज व्याग समेत लोड गरिसकिएको थियो । ती सबै लगेजहरू झारी पुन कुकुर समतेको प्रयोग गरी जाँच भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

यसअघि पनि गत साता एयर इन्डियाकै जहाजमा बम रहेको हल्ला चलेको थियो । त्यसअघि भिस्ताराको जहाजमा पनि बम थ्रेटको सूचना आएको थियो । तर ती दुवैमा कुनै खतराजन्य पदार्थ भेटिएको थिएन ।