काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध सडक आन्दोलन गर्ने भएको छ ।
शुक्रबार सानेपामा जारी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिनको दबाब दिँदै काठमाडौंमा प्रदर्शन गर्ने निर्णय गरेको हो।
बैठकले आवश्यकता अनुसार उपत्यका बाहिर पनि प्रदर्शन गर्ने निर्णय पनि गरेको छ।