काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ प्रकरण अदालती प्रक्रिया रहेको बताए ।
बुधबार काठमाडौंको चन्द्रागिरिमा पत्रकारहरूको प्रश्नमा जबाफ दिँदै प्रधानमन्त्री दाहालले सिरोहिया पक्राउ प्रकरणमा धेरै हल्ला गर्न जरूरी नरहेको बताएका हुन् ।
उनले भने, ‘अदालती प्रक्रिया भन्ने बुझेको छु मैले।बढ्ता हो-हल्ला गर्न जरूरी छैन।’
प्रधानमन्त्री दाहालले राज्यले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियासँग कुनै पनि रिसिइबी नसाँधेको बताए ।
गृहमन्त्री रवि लामिछाने व्यक्तिगत रूपमै आउनु भयो भन्ने आरोप छ नि! भन्ने प्रश्नमा जबाफ दिएका प्रधानमन्त्री दाहालले भने, ‘त्यो मान्छेहरूले भन्ने कुरा भएको’ बताए।
उनले थपे, ‘त्यो मान्छेले भन्ने कुरा हो। अदालती प्रक्रियाबाट उहाँ निर्दोष हुनुहुन्छ, सजिलै छुट्नुहुन्छ, यो हल भइहाल्छ।’
अध्यक्ष सिरोहियालाई नागरिकता सम्बन्धि कसुरमा धनुषा अदालतबाट पक्राउ पुर्जी जारी भएपछि मंगलबार थापाथलीस्थित कार्यकक्षबाटै प्रहरीले गिरफ्तार गरेको थियो। उनलाई म्याद थप गर्ने तयारी भइरहेको छ।