January 21, 2025, Tuesday
२०८१ माघ ८
1:37:26 pm

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

880

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चौथोपटक विश्वासको मत पाएका छन् । सोमबार कांग्रेसको अवरोधका बीचमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका हुन् । 

मतपरिणाम अनुसार प्रधानमन्त्रीको पक्षमा १५७ र विपक्षमा शून्य मत परेको छ । मत दिन्न भन्ने पक्षमा १ मत परेको सभामुख देवराज घिमिरेले जानकारी गराए ।सोमबारको बैठकमा १५८ सांसद उपस्थित रहेको सभामुखले जानकारी गराए । 

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डलाई एमाले, रास्वपा, नेकपा एकीकृत समाजवादी, जसपाको समर्थन छ ।

Advertisement

नेपालको संविधानको धारा १०० को उपधारा २ बमोजिम प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका हुन् ।

प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

वर्तमान सरकारमा सहभागी तत्कालीन उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल सरकारबाट बाहिरिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका हुन् ।